Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

हिमालयन बैंकको नारी बचत खातामा दुर्घटना मृत्यु बीमाको सीमा रकम बढ्यो

हिमालयन बैंकको नारी बचत खातामा दुर्घटना मृत्यु बीमाको सीमा रकम बढ्यो

काठमाडौं, २० चैत । हिमालयन बैंक लिमिटेड स्थापना कालदेखि नै आफ्ना ग्राहकवर्गहरुको सुबिधाका लागि सम–सामयिक विभिन्न प्रकारका वचत तथा नयाँ प्रविधियुक्त अन्य सेवा–सुबिधाहरु प्रदान गर्न हरदम अग्रसर रहेको छ ।
यसै क्रममा बैंकको विभिन्न वचत खाताहरुमध्ये नारी वचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम रु. ५ लाख बाट बृद्धि गरी रु. १० लाख सम्म पु¥याइएको छ । नारी वचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको छ भने विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ । रु. १० लाख सम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x