नेप्से ८.२८ अंकले घट्दा ९२ करोडमा खुम्चियाे काराेबार रकम
काठमाडाैं, २३ चैत । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक ८. २८ अंकले घटेकाे छ । आज नेप्से ८.२८ अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ७९ विन्दुमा बन्द भएको हो ।
याेसँगै आज काराेबार रकम पनि खुम्चिएकाे छ । यस दिन बजारमा २६९ कम्पनीका २८ लाख ७० हजार ८१९ कित्ता सेयर ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँमा किनबेच भएको छ।
आज कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १६५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।