Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

न्यूनतम् साझा कार्यक्रम आज ५ बजे सार्वजनिक गर्ने तयारी

न्यूनतम् साझा कार्यक्रम आज ५ बजे सार्वजनिक गर्ने तयारी

काठमाडाैं, २३ चैत । सत्तागठबन्धन दलबीच सरकारको न्यूनतम् साझा कार्यक्रमका बारेमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको साझा नीति कार्यक्रमका बारेमा दलका बीचमा अभिमुखीकरण भएको नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

“लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएका विषय तथा सुशासनका सम्बन्धमा सहमति भएको छ”, बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, “आज ५ बजे सार्वजनिक गर्ने तय भएको छ ।” उहाँले गठबन्धनमा आबद्ध दलहरुका बीचमा सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा सैद्धान्तिक छलफल भएको बताउनुभयो ।

“दलहरुबीच नीति कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा मूलभूतरुपमा सहमति भएको छ । कतिपय सानातिना सुझाव भए आज साँझसम्म समेटिने र ५ बजे सार्वजनिक हुन्छ”, उहाँले भन्नुभयो । राष्ट्रपतिको निर्वाचनपछि सत्तागठबन्धनमा फेरबदल आएसँगै गठबन्धन आबद्ध दलहरु न्यूनतम साझा कार्यक्रम बनाउन जुटेका हुन् ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x