Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा १० स्टार्टअप छानिए, मेन्टरसिपसहित बजार पहुँचका लागि भारत जान पाउने

ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा १० स्टार्टअप छानिए, मेन्टरसिपसहित बजार पहुँचका लागि भारत जान पाउने

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआइ), टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरेका छन् ।

स्टार्टअपहरुलाई प्रोत्साहन एवं प्रबद्र्धन गर्न यस कार्यक्रम अन्तर्गत सुरुमा १० वटा स्टार्टअप कम्पनी छानिएका छन् । छानिएका १० स्टार्टअपहरुमा फोकसवान पेमेन्ट सोलुसन्स, राईट टिम्स, खेती मेन्चर्स, वाइज्याक सोलुसन्स्, इन्ग्रेल्स, डक्टर्स अन कल, बिहेनेपाल, कारखाना, डेलिस डाइरिज, सेभेन मल्टी ट्रेडिङ रहेका छन् । छानिएका स्टार्टअप कम्पनीहरुलाई ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमार्फत आगामी तीन महिनासम्म मेन्टरसिप, बजार पहुँचका लागि भारत भ्रमण, लगानीकर्ता तथा कर्पोरेट सम्बन्ध विस्तारमा सहजीकरण प्रदान हुनेछ ।

४ वटा संस्था मिलेर स्थापना भएको एक्सेलेटर कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने रहेको छ । जसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पुर्याउने छ ।

ग्रोथएक्स एभरेष्ट एक हाइब्रिड संरचित एक्सेलेटर कार्यक्रम हो । यसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्अपहरूलाई स्केलिंगअप, विश्वव्यापी विस्तार र कोष सङ्कलनमा सक्षम पार्नेछ । नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराइनेछ । यसले नेपाली स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त उद्योगीहरु, डोमेन विशेषज्ञहरू, सफल संस्थापकहरू, र लगानीकर्ताहरूबाट सल्लाह प्राप्त हुनेछ र नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत गर्नेछ । यसले नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने विश्वास लिइएकाे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x