Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

अर्थमन्त्री डा. महतसँग युरोपियन युनियन राजदूतको भेट

अर्थमन्त्री डा. महतसँग युरोपियन युनियन राजदूतको भेट

काठमाडौं, २४ चैत । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूत एमएस नोनी डिपरेजले शुक्रबार भेट गरेका छन् । अर्थमन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्ने बारेमा छलफल भएको थियो ।

गुणस्तरीय शिक्षा, मौसम परिवर्तन र नवीकरणीय ऊर्जाको क्षेत्रमा युरोपियन युनियनले सहयोग उपलब्ध गराइरहेको छ । युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक रहेको अर्थमन्त्री डा। महतले बताए । युरोपियन युनियनको सहयोग नेपालका लागि महत्वपूर्ण रहेकाले ऊर्जा, भौतिक पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रको विकास गर्न नेपालले चाहेको विषयमा छलफल केन्द्रित रहेको डा। महतले बताए ।

समन्वयको दायरा फराकिलो बनाउँदै दक्ष्य मानवीय जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग गर्न यूरोपियन युनियन उत्साहित भएको मन्त्री डा। महतको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x