नेपाल लगानी बोर्डको ५३ औं बैठक सम्पन्न
काठमाडाैं, १ वैशाख । नेपाल लगानी बोर्डको ५३ औं बैठक प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकले ५ वटा जलविद्युत परियोजनाका लागि १ खर्ब ४६ अर्ब २२ करोड बैदेशिक र २१ अर्ब ३७ करोड स्वदेशी गरी कुल १ खर्ब ६७ अर्ब ५९ करोड लगानी स्विकृत गरेको छ ।
यसैगरी बोर्डले तल्लो अरुण जलविद्युत परियोजनाको लागि ८ अर्ब बराबरको लगानी स्विकृत गरी विकासकर्तासँग वार्ता गरी परियोजना दस्ताबेज तयार पारी लगानी बोर्डमा पेश गर्नका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिती गठन गरेको छ ।
यसैगरी १०२ मेगावाटको माथिल्लो र्मस्यांदी १ जलविद्युत परियोजना र ३३.१९ अर्ब ७० मेगावाटको दुधकोशी २ (जलधर जलविद्युत परियोजना) को २० मेगावाट सिम्वुवा खोला जलविद्युत परियोजनाको लागि १३ अर्ब ४४ करोड र ४३ मेगावाटको परियोजनाको लागि ७ खर्ब ९३ करोड लगानी स्विकृत गरेको छ ।
बैठकले लगानी बोर्डको ५० औं बैठकको निर्णय अनुसार डिआएजी इन्डष्ट्रिजको जीएमभिएच कम्पनिको स्थापना सम्बन्धमा अध्ययन अनुमतिका लागि पेश गरेको प्रस्ताव अनुसार विकासकर्तासँग समयमा सम्पन्न गरीने समझदारी पत्र र डावर नेपालको पूँजीको क्षमता वृद्धि परियोजना कार्यान्वयनका लागि सम्पन्न गरीने समजदारी पत्र मस्यौदा स्विकृत गरेको छ ।
यसैगरी Green Calcium Ammonium Nitrate (CAN) मल उत्पादन गर्न अध्ययन अनुमतिका लागि मलेसियाको reNIKOLA Holdings Sdn Bhd ले पेश गरेको प्रस्ताव स्विकृत गरेको छ ।
मन्त्रीपरिषद्को निर्णय अनुसार पश्चिम सेती नदी ६ परियोजना विकासका लागि एनएचपी लिमिटेडसँग भएको व्यवस्था अनुरुप प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार विस्तृत सम्भाव्यता अध्ययन गर्ने निर्देशन गरेको छ । यसैगरी बोर्डले तमोर जलाशययुक्त परियोजना, लजिस्टीक परीयोजना र भेकल म्यानुफ्क्चरीङ एसेम्ली प्लान्टको प्रगति बारे बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशील भट्टले जानकारी गराए ।
२०८० सालमा बोर्डले आयोजना गर्न लागेको लगानी सम्मेलनको अवधारणा समेत स्विकृत गरी पूर्वतयारीका लागि लगानी बोर्डलाई जिम्मेबारी दिइयो । सो बैठकमा प्रधानमन्त्रीले सरोकारवाला निकायलाई प्रभावकारी रुपमा समन्वय र सहकार्य गरी नतिजा देखिने गरी काम गर्न निर्देशन दिए ।
यस्तै गरी बोर्डले निर्देशन गरे बमोजिम परियोजनाको विकासमा भएको प्रगति र आजसम्म गरेको कार्य सम्पादन, परियोजनाहरुको विकास र सहजीकरणको सन्दर्भमा निर्देशन बमोजिम लगानी बोर्ड कार्यालय उच्च मनोबलका साथ अगाडी बढ्ने कुरा बोर्डका कार्यकारी अधिकृत भट्टले बताए।
उक्त कार्यक्रममा बोर्डका उपाध्यक्ष एवं अर्थमन्त्री, उर्जा मन्त्री, उद्योग मन्त्री, कृषि मन्त्री, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, बोडृका विज्ञ सदस्यहरु लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।