Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

हिमालयन बैंकद्वारा पुनर्स्थापना केन्द्रलाई आर्थिक सहयोग

हिमालयन बैंकद्वारा पुनर्स्थापना केन्द्रलाई आर्थिक सहयोग

काठमाडाैं, १० वैशाख । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाडिगाउँ, ललितपुर स्थित नशा रहित समाज नेपाल (उपचार केन्द्र) लाई मिति २०८० साल बैशाख ०७ गतेका दिन बहूद्देश्यीय हल निर्माणका लागि रुपैयाँ पाँच लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

आजको मितिमा देशका युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फसेको पाइन्छ । यति मात्र नभइ यस कुलतले उनीहरुलाई समाजमा विभिन्न अपराधहरुमा पनि फसाइरहेको पाइन्छ । यस्तै समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकाल देखि नै रक्सी तथा लागू पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरुलाई यस कुलतबाट छुट्कारा पाउन मद्दत गर्दै आएका छन् । हाल सो सेन्टरले करिब सय जनालाई एकदमै न्यूनतम खर्चमा यस सेवाबाट सहयोग गरिरहेका छन् ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाज्यूले सो रकम एक समारोहका बीच बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष श्री सोनाम शेर्पाज्यूलाई हस्तानतरण गर्नुभएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *