Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता

एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता

काठमाडाैं, १३ वैशाख । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र डियरवाक अटो सर्भिस बिच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा काेपरेट प्याराेल एसआइपी मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस योजना अन्तर्गत, डियरवाक अटो सर्भिस प्रा.लि. का विभिन्न तहका कर्मचारीहरुले आफुले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डकोव्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन्।

उक्त सम्झौतामा डियरवाक अटो सर्भिस प्रा.लिका तर्फबाट कम्पनिका प्रमुख कार्यकारी अधिकृत दबे श्रेष्ठ ज्यूर एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीकोम्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेत लेहस्ताक्षर गरेका हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x