Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

सबैभन्दा बढी विप्रेषण भित्र्याएकाेमा हिमालयन बैंक सम्मानित

सबैभन्दा बढी विप्रेषण भित्र्याएकाेमा हिमालयन बैंक सम्मानित

काठमाडाैं, १७ वैशाख । सबैभन्दा बढी विप्रेषण भित्र्याएकाेमा हिमालयन बैंक सम्मानित भएको छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकाे भन्दै हिमालयन बैंकलाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको हाे ।

एक समाराेहबीच नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन्।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा देशमा भित्रिएको कुल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको बताएको छ।बैंकले संसार भरी १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जालमार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ।

बैंकले हिमालरेमिटका १८ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ।

बैंकले देशभरी १८९ शाखा, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएमहरूबाट ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x