Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

दाेहाेराे अंकले घट्याे सेयर बजार, ९५ करोडकाे काराेबार

दाेहाेराे अंकले घट्याे सेयर बजार, ९५ करोडकाे काराेबार

काठमाडौं, १७ वैशाख । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । आज नेप्से १९.११ अंकले घटेर एक हजार ८ सय ७० दशमलब ६५ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ९५ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ८४ करोडको कारोबार भएको थियो । आज कारोबार भएका २६ कम्पनीको शेयरमूल्य बढेको छ भने १८९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र ८.५प्रतिशत प्रभु बैंक डिभेञ्चरको सबैभन्दा बढी शेयरमूल्य बढेको छ । यी दुईको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x