जापानलाई उछिन्दै चीन बन्यो विश्वकै सबैभन्दा बढी कार निर्यातक मुलुक
काठमाडौं, ७ जेठ । विश्व बजारमा कार निर्यातमा एकाधिकार कायम गरेको जापानलाई उछिन्दै चीन विश्वकै सबैभन्दा बढी कार निर्यात गर्ने देश बनेको छ । यस वर्षको पहिलो त्रैमासिकमा जापानलाई उछिन्दै चीन विश्वकै धेरै कार निर्यात गर्ने देश बनेको हो । गत साता सार्वजनिक एक तथ्यांकअनुसार चीनले पहिलो तीन महिनामा १० लाख ७ हजार कार निर्यात गरेको हो । यो गत बर्षको तुलनामा ६ प्रतिशतले बढी हो ।
जापानले भने यस आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार १ सय ८५ कार निर्यात गरेको अनतराष्टि संचारमाध्यमहरुले जनाएका छन् ।
विद्युतीय कारको लोकप्रियता र रुसमा कारको माग बढेको चीनको निर्यात बढेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।