Date

बिहि, मंसिर १८, २०८२
Thu, December 4, 2025

सरकार निर्वाचन तयारीमा, एकीकृत सुरक्षा योजना आइतबारबाट लागू

सरकार निर्वाचन तयारीमा, एकीकृत सुरक्षा योजना आइतबारबाट लागू

काठमाडाैं, २ कार्तिक । सरकार आगामी निर्वाचनको तयारीमा जुटेको छ र आइतबारदेखि एकीकृत सुरक्षा योजना कार्यान्वयनमा जाने तयारी गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिको उपस्थितिमा सुरक्षा निकाय प्रमुखहरूसँग भएको छलफलको जानकारी दिँदै भने, “निर्वाचनका लागि राजनीतिक वातावरण र सुरक्षा सुदृढीकरणमा छलफल केन्द्रित थियो।”

सरकारले राजनीतिक दलहरूसँग पनि संवाद सुरु गरिसकेको छ। यस क्रममा प्रधानमन्त्री कार्कीले माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग भेट गरी निर्वाचन तयारी, सुरक्षा र समन्वयबारे छलफल गरेकी छन्।

गृहमन्त्री अर्यालले सुरक्षा निकायका अधिकारीहरूलाई आवश्यक स्रोतसाधन अभाव नहुने बताएका छन्। उनले योजना कार्यान्वयनमा कुनै कमी नआओस् भनी सबै आवश्यक तयारी पुरा गर्न निर्देशन दिएका छन्।

सरकारको यस कदमले आगामी निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने दृष्टिकोणलाई बल पुर्‍याउने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *