Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२० प्रतिशतले बढ्यो वैदेशिक सहायता प्रतिबद्धता

२० प्रतिशतले बढ्यो वैदेशिक सहायता प्रतिबद्धता

काठमाडौं, २६ जेठ । चालू आर्थिक वर्षको ९ महिनामा नेपालमा विदेशी सहायता प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.२ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयका अनुसार गत चैत मसान्तसम्ममा विदेशी सहायता प्रतिबद्धता रु. १ खर्ब ५१ अर्ब ५२ करोड पुगेको छ । यसमध्ये अनुदान सहायता रु. ३७ अर्ब ५२ करोड (२४.८ प्रतिशत) र ऋण सहायता रु. १ खर्ब १४ अर्ब (७५२ प्रतिशत) रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायता प्रतिवद्धता रकम रु। १ खर्ब २६ अर्ब ७ करोड रहेको थियो ।

कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये द्विपक्षीय सहायता २९.२ प्रतिशत र बहुपक्षीय सहायता ७०.८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सहायता क्रमशः १२.७ प्रतिशत र ८७.३ प्रतिशत रहेको थियो । कुल प्रतिबद्धतामध्ये विश्व बैंक, एशियाली विकास बैंक, युके र जाइकाबाट क्रमशः ४३.२ प्रतिशत २५.३ प्रतिशत १३.० प्रतिशत र १०९ प्रतिशत प्राप्त भएको छ । अन्य दाताबाट प्राप्त सहायता प्रतिबद्धताको हिस्सा ७.६ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x