Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२३.४ प्रतिशतले बढ्याे विप्रेषण आप्रवाह

२३.४ प्रतिशतले बढ्याे विप्रेषण आप्रवाह

काठमाडाैं, २६ जेठ । चालु आर्थिक वर्षकाे १० महिनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेकाे छ । नेपाल राष्ट्र बेंकले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह  रु. १ खर्ब ५ अर्ब १८ करोड पुगेको हाे ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतलेवृद्धि भई ४,२१,२७९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २,३८,९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई रु.१११० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x