Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

करमा दर्ता हुने करदाता ५४ लाख ३३ हजार

करमा दर्ता हुने करदाता ५४ लाख ३३ हजार

काठमाडौं, १९ असार । चालू आर्थिक वर्षको १० महिनासम्ममा नेपालमा करमा दर्ता हुनेको सङ्ख्या ५४ लाख नाघेको छ । तीनै प्रकृतिका गरेर ५४ लाख ३३ हजार ८२४ ले स्थायी लेखा नम्बर लिएको अर्थ  मन्त्रालयको तथ्याङ्क छ । कुल करदातामध्ये १८ लाख ७० हजार ४५७ ले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् भने ३५ लाख ३७ हजार २४८ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । करकट्टी गर्ने २६ हजार ११९ वटा निकायले पनि स्थायी लेखा नम्बर लिएका छन् ।

यसबाहेक हालसम्म तीन लाख सात हजार २७ मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् भने एक लाख १८ हजार ९६१ अन्तःशुल्कमा दर्ता भएका छन् ।

सरकारले करको दरभन्दा दायरा विस्तार गर्ने नीति लिएकाले पछिल्लो समय करमा दर्ता हुनेको सङ्ख्या बढ्न थालेको छ । पाँच हजार रुपियाँभन्दा माथिको कारोबारका लागि स्थायी लेखा नम्बर अनिवार्य गरिँदा पनि दर्ता हुनेको सङ्ख्या बढिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x