२५.३१ अंकले बढ्याे नेप्से परिसूचक, ३ अर्ब १८ कराेड माथिकाे काराेबार
काठमाडाैं, २७ असार । बुधबार धिताेपत्र बजारमा सेयरबजार मापक नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । नेप्से परिसूचक आज २५.३१ अंकले बढेर २ हजार ९७ दशमलव ५५ विन्दुमा पुगेकाे हाे ।
आज २८९ कम्पनीकाे ८५ लाख ४ हजार ३ सय ७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १८ कराेड ७६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। मंगलबार नेप्सेमा दुई अर्ब ८५ करोड ९४ लाख बराबरको कारोबार भएको थियाे ।
आज कारोबार भएका १८५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ कम्पनीकोे शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ भने सबैभन्दा बढी रावा इनर्जी डेभलपमेन्टको लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।