Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पूर्वीनाकाबाट बढ्यो कृषि वस्तुको निर्यात, अलैंची मात्रै ८ अर्बभन्दा बढीको निकासी

पूर्वीनाकाबाट बढ्यो कृषि वस्तुको निर्यात, अलैंची मात्रै ८ अर्बभन्दा बढीको निकासी

झापा, ३ साउन । । पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुहरू अलैंची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार गत आर्थिक वर्ष (आव) २०७९÷८० मा रू. ८ अर्ब २४ करोड १५ लाख १३ हजार बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैंची भारत निकासी भएको छ ।

अघिल्लो आवमा रू. ४ अर्ब ७६ लाख ४३ हजार ८९ हजार बराबरको ५२ लाख ८० हजार ४४३ केजी अलैंची भारत निकासी भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा अलैंचीको निर्यात ४२ प्रतिशतले बढेको हो ।

यसैगरी, अघिल्लो आवको तुलनामा गत आवमा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू. ३ अर्ब ४२ करोड ६९ लाख ५२ हजार बराबरको १ करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए । अघिल्लो आवमा रू. २ अर्ब ८७ करोड ४६ लाख १० हजार बराबरको १ करोड १७ लाख १३ हजार ६५९ केजी चिया निर्यात भएको थियो ।
अदुवा र अम्रिसोको निर्यात समेत बढेको छ । गत आवमा रू. ६३ करोड ९२ लाख २९ हजार बराबरको १ करोड ५५ लाख ४२ हजार ९३० केजी अदुवा निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए । अघिल्लो आवमा रू् ३३ करोड ६९ लाख २३ हजार बराबरको १ करोड ४ लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो । अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी गत आवमा रू. ८६ करोड ४३ लाख बराबरको १ करोड १९ लाख ७३ हजार ९८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ । प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार अघिल्लो वर्षको तुलनामा रू. २३ करोड ५३ लाख १९ हजार बराबरको अम्रिसो निर्यात वृद्धि भएको छ । आव २०७८÷७९ मा रू. ६२ करोड ८९ लाख ८१ हजार बराबरको १ करोड २४ लाख ४३ हजार २४५ केजी अदुवा निर्यात भएको थियो ।

पूर्वी नाकाबाट निकासी हुने वस्तुमा प्लाइउड र छुर्पीको योगदान उच्च छ । अघिल्लो आवको तुलनामा गत आवमा यी दुई वस्तुको निर्यात बढेको छ । मेची भन्सार कार्यालयका अनुसार गत आवमा रू. १ अर्ब ९९ करोड १० लाख ११ हजार बराबरको प्लाइउड निकासी भएको छ । अघिल्लो आवमा १० करोड ८० लाख ५७ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको थियो । यस्तै गत आवमा रू. १ अर्ब १० करोड ८१ लाख ११ हजार बराबरको छुर्पी निकासी भएको छ । अघिल्लो आवमा २०७८÷७९ मा रू. ८ करोड ४३ लाख ३५ हजार बराबरको छुर्पी निकासी भएको थियो ।

कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायतका विभिन्न जिल्लामा चियाको उत्पादन हुने गरेको छ भने पहाडी भेगका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुरलगायत जिल्लामा अलैंची, अदुवा, अम्रिसो, छुर्पी जस्ता कृषिजन्य बस्तुको उत्पादन हुने गरेको छ । पहाडी जिल्लामा कच्चापदार्थ उत्पादन भए तापनि अलैंची, अदुवा, अम्रिसो र प्लाइउडको प्रशोधन, भण्डारण र ब्राण्डिङ भने झापामा हुँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x