Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं,११ साउन । नयाँ आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन तोकिएको समयसीमा अनुसार नै गर्न अर्थ मन्त्रालयले नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार नेपाल सरकारका सबै मन्त्रालयका सचिवललाई अर्थमा डाकेर यस्तो निर्देशन दिएका हुन् । उनले १५ साउनबाट समय सीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिए ।

छलफलमा मन्त्री डा. महतले डीपीआर भइसकेका आयोजनाको मात्र अहिले ठेक्का प्रकृया अगाडि बढाउन निर्देशन दिए । डीपीआरको मात्र बजेट माग्ने वा प्राथमिकता प्राप्त आयोजना भए डीपीआर गरेर कात्तिकसम्म ठेक्का लगाउन सकिने भए सोही अनुसार कार्यान्वयन गर्न समेत उनले निर्देशन दिएका छन् । उनले भने, ‘कात्तिकभित्र ठेक्का लगाउनैपर्छ ।’

कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न नसकेको स्वीकार गर्दै उनले ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महिनाभित्र अर्थ मन्त्रालयमा ल्याउन समेत निर्देशन दिए । एक महिनाभित्र आएको बिल अर्थ मन्त्रालयले १५ दिनभित्रमा पास गरेर पठाउने उनको प्रतिवद्धता छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x