Date

बुध, असार ३२, २०८२
Wed, July 16, 2025

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन आदेश

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं, १५ साउन । सर्वाेच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत हवाई टिकटमा पनि भ्याट लाग्ने व्यवस्था गरेको थियो ।

ट्राभल तथा टुर अपरेटरहरूको संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलाशले हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो मुद्दामा सर्वाेच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

त्यस्तै यो मुद्दामा सरकारसँग लिखित जवाफ पनि माग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *