अब नेपाल विद्युत प्राधिकरणको पनि आइपीओ आउने

काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । बिहीबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले दोस्रो कार्यकाल सम्हालेको दुई वर्ष आयोजित पत्रकार सम्मेलनमा उनले आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको जानकारी दिएका हुन ।
उनका अनु्सार प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङकन कार्य सकिएको छ । प्राधिकरणको तेस्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्ने प्रकृया अगाडि बढाइएको घिसिङको भनाइ छ ।