Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

नेपालको अर्थतन्त्रको आकार ४२ अर्ब अमेरिकी डलर पुग्यो, एक बर्षमै ३ अर्बले बढ्याे 

नेपालको अर्थतन्त्रको आकार ४२ अर्ब अमेरिकी डलर पुग्यो, एक बर्षमै ३ अर्बले बढ्याे 

काठमाडौं,२६ साउन । नेपाल विश्व अर्थतन्त्रको आकारमा दुई खुड्किला माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार सन् २०२३ मा विश्व अर्थतन्त्रको आकारका आधारमा नेपाल विश्वको ९८औं स्थानमा छ । गत वर्ष भने १००औं स्थानमा थियो।

आइएमएफको विश्व आर्थिक परिदृश्यको पछिल्लो प्रक्षेपणअनुसार नेपालको अर्थतन्त्रको आकार बढेर ४२ अर्ब अमेरिकी डलरबराबर पुगेको छ। विश्वअर्थतन्त्रमा नेपालको हिस्सा ०.०४ प्रतिशत हो।

नेपालभन्दा अघि ९७औं स्थानमा दक्षिण अमेरिकी देश पाराग्वे र पछि ९९औं स्थानमा युरोपेको स्टोनिया छ। पाराग्वेको अर्थतन्त्र ४३ अर्ब र स्टोनिया र नेपालको अर्थतन्त्रको आकारबराबर छ।

गत वर्ष नेपालको अर्थतन्त्रको आकार ३९ अर्ब अमेरिकी डलरबराबर थियो। एक वर्षमा नेपालको अर्थतन्त्रको आकार झन्डै ३ अर्ब डलर बढेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x