Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

७ अर्ब ५२ करोडको तयारी कपडा निर्यात, एक वर्षमा १५ प्रतिशतले बढ्यो

७ अर्ब ५२ करोडको तयारी कपडा निर्यात, एक वर्षमा १५ प्रतिशतले बढ्यो

काठमाडौं, २६ साउन । गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट साढे ७ अर्बभन्दा बढीको तयारी कपडा निर्यात भएको छ । भन्सार विभागका अनुसार एक वर्ष अवधिमा नेपालबाट तयारी कपडा कुल ७ अर्ब ५२ करोड लाख रुपैयाँ बराबरको निर्यात भएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १५ प्रतिशत बढी हो । अघिल्लो वर्ष ६ अर्ब ४९ करोड २ लाख रुपैयाँ बरारबको तयारी कपडा निकासी भएको थियो ।

नेपालबाट सबैभन्दा धेरै तयारी कपडा निर्यात हुने देश अमेरिका रहेको छ । सो अवधिमा नेपालबाट अमेरिकामा १ अर्ब ७० करोड रुपैयाँ बराबरको तयारी कपडा निर्यात भएको छ । यसपछि दोस्रोमा बेलायतमा १ अर्ब ८ करोड रुपैयाँ बराबरको तयारी कपडा निर्यात भएको छ । यसपछि तयारी कपडा धेरै निर्यात हुने देशहरुमा जर्मनी, फ्रान्स, जापान, नेदरल्यान्ड्स, इटाली, अस्ट्रेलिया, क्यानडा र भारत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x