Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

हिमालयन बैंक र तायो इको रिर्सोट होटलबीच छुट सम्झौता

हिमालयन बैंक र तायो इको रिर्सोट होटलबीच छुट सम्झौता

काठमाडाैं, ३० साउन । हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटल प्रालिबीच बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

हिमालयन बैंक र तायो इको रिर्सोटबीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित उक्त रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बैंकका ग्राहकवर्गहरु तथा कार्डबाहकहरुलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गरी छुटको लाभ उठाउन सक्नेछन् ।

बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि  https://www.himalayanbank.com/en/offers मा हेर्न सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *