Date

सोम, कार्तिक १७, २०८२
Mon, November 3, 2025

फोने पेको सहकार्यमा एभरेष्ट बैंकले ल्यायाे नेपालमै पहिलो पटक अफलाइन भुक्तानी सेवा

फोने पेको सहकार्यमा एभरेष्ट बैंकले ल्यायाे नेपालमै पहिलो पटक अफलाइन भुक्तानी सेवा

काठमाडाैं, ३० साउन । एभरेष्ट बैंकले फोने पे नेपालसँगको सहकार्यमा नेपालमा पहिलो पटक ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकका सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एपबाट यो सेवा उपभोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। यो सेवा अन्तर्गत ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन्।

यो सेवाको शुभारम्भ बैंकका नायब महाप्रवन्धक आशुतोष शर्मा र फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले संयुक्त रुपमा गरे। कार्यक्रममा बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख शंकर पोखरेलको पनि उपस्थिति थियो।

बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ उर्जा थपेको बताए। फोन पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले यो सुविधाबाट इन्टरनेटको सीमाहरुलाई पार गरी बैंकिङमा आयाम थपिने बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *