Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

स्वचालित मूूल्य प्रणाली लागूपछि पेट्रोलको मूल्य ६ रुपैयाँ घट्यो, साढे दुई गुणा बढ्यो

स्वचालित मूूल्य प्रणाली लागूपछि पेट्रोलको मूल्य ६ रुपैयाँ घट्यो, साढे दुई गुणा बढ्यो

काठमाडौं, ३१ साउन । नेपाल आयल निगमले एक महिना अघि (असार ३१) देखि पेट्रोल, डिजेल, मट्टितेल र ग्यासमा स्वचालित मूल्य प्रणाली लागू ग¥यो । निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै काठमाडौं उपत्यकामा पेट्रोलमा ६ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको थियो । यसरी घटेको मूल्य समयोजन पछि पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम भएको थियो ।

तर, त्यसयता इण्डियन आयल कर्पाेरेशन (आईओसी)ले मूल्य बढाएर पढाएपछि नेपालमा पनि पेट्रोलको मूल्य दुई पटक समयोजन भएको छ । एक महिनाको बीचमा पेट्रोलको मूल्य १४ रुपैयाँ बढेको छ भने डिजेल÷मट्टितेलको मूल्य २१ रुपैयाँ बढेको छ ।

यसको मतलब स्वचालित प्रणाली लागू भएयता पेट्रोलमा ६ रुपैयाँ घटेको छ भने यसको साढे दुई गुणा बढेको छ । एक महिनाको बिचमा पेट्रोलको मूूल्य १४ रुपैयाँ बढ्नु भनेको घटेको मूल्य ६ रुपैयाँको करिब साढे दुई गुणा हो ।

त्यसैगरी डिजेल/मट्टितेलमा भने पाँच गुणाभन्दा बढीले वृद्धि भएको छ । स्वचालित प्रणाली लागू हुँदै गर्दा प्रतिलिटर चार रुपैयाँ घटेको डिजेल/मट्टितेलको मूल्य एक महिनाको बीचमा २१ रुपैयाँ बढिसकेको छ ।
साउन १६ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढेको थियो । त्यस्तै डिजेल/मट्टितेलको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ बढेको थियो ।

मंगलबार आईओसीबाट पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ ८५ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११ रुपैयाँ २५ पैसा बढेर आएकोमा निगम पेट्रोलमा पाँच र डिजेल/मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ मूल्यवृद्धि गरेको छ । आजदेखि लागू भएको मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ ।

नयाँ मूल्य सूचीअनुसार सुर्खेत र दाङमा पेट्रोललाई प्रतिलिटर १७७ रुपैयाँ र डिजेल÷मट्टीतेललाई १६६ रुपैयाँ पर्ने छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई प्रतिलिटर १७५ रुपैयाँ र डिजेलरमट्टीतेललाई १६४ रुपैयाँ पर्ने छ ।

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x