वाणिज्य बैंकहरूले प्रकाशन गरे ब्याजदर, नबिलले स्थिर राख्दा कुन–कुन बैंकले बढाए ?

काठमाडौं, ३२ साउन । हाल सञ्चालित २० वाणिज्य वाणिज्य बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । भदौका लागि निर्धारण गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले ब्याजदर बढाएका छन् । भने नबिल बैंकले भने स्थिर रखेको छ । साउन मा व्यक्तिगत मुद्दतीमा १०.४९ प्रतिशत ब्याज दिँदै आएको बैंकले भदौमा पनि सोही दरमा ब्याज दिनेभएको छ ।
तर, एनएमबि बैंकले भने ब्याजदर घटाएको छ । यो बैंकले साउनमा १०.९३ प्रतिशत ब्याज दिँदै आएकोमा भदौमा भने ९.९९ प्रतिशत ब्याज दिने भएको छ । सातवटा बैंकहरूले भने १०.८९६ प्रतिशत ब्याज दिँदने भएका छन् । यी बैंकले गत महिना ब्याज स्थिर सिंगल डिजिटमा राखेका थिए ।
कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया, सिटिजन्स र सानिमा बैंकले व्यक्तिगत मुद्दतीमा १०.८९६ प्रतिशत ब्याज दिनेछन् । यी बैंकले संस्थागततर्फ भने अधिकतममा ८.८९६ प्रतिशतका दरले ब्याज दिने भएका छन् ।
एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरुले भने साउन महिनाको तुलनामा ब्याजदर घटाएका छन् ।
सबैभन्दा कम ब्याजदर स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । यो बैंकले मुद्दति निक्षेपमा अधिकतम ८.९२ प्रतिशत ब्याज दिने भएको छ ।