एक वर्षमा थपिए बैंक तथा वित्तीय संस्थाका ६१ शाखा
काठमाडौं, १३ भदौ । एक वर्ष अवधिसो अवधिमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ६१ ओटा थपिएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा १०,५२८ रहेकोमा २०८० असार मसान्तमा ११,५८९ पुगेको छ (तालिका ६) । २०७९ असार मसान्तमा प्रतिशाखा जनसंख्या २५३२ रहेकोमा २०८० असार मसान्तमा २५१७ कायम भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८० असार मसान्तमा ११२ रहेको छ । यस मध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन् ।