एमसिसी कार्यान्वयनको ५ वर्षे दिनगन्ती सुरु, के के काम छन् बाँकी ?
काठमाडौं, १४ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसीका सम्झौता कार्य-सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्डले कार्यान्वयनसम्बन्धी पत्र आदान प्रदान गरेसंगै एमसिसी कार्यान्वनमा गएको छ ।
सम्झौता भएको छ बर्षपछि यो कार्यान्वयनमा गएको हो । भुराजनितिक चपेटामा परेर संसदबाट १२ बुदे ब्याख्यात्मक घोषणासहित २०७८ फागुन १५ मा पास भएको थियो ।
एमसिसी कार्यान्वयनको दिनगन्ती शुरु भएको छ । तर पुर्व तयारीकै काम अझै गर्न बाकी छ । परियोजना अन्तर्गत ३१५ किलोमिटर ४०० केभी प्रसारणलाइन, तीन वटा सबस्टेसन र पूर्वपश्चिम राजमार्गमा अन्तर्गत पर्ने ७१ किलोमिटर सडक आधुनिक प्रविधि प्रयोग गरेर मर्मत गरिनेछ।
प्रसारणलाइनमा पर्ने जग्गाको अहिलेसम्म मूल्यांकन नै गर्न सकेको छैन। प्रसारणलाइनको टावर निर्माणका लागि १०४ हेक्टर जग्गा प्राप्ति गर्नुपर्छ।
प्रसारणलाइनका लागि १ लाख ९८ हजार ३४९ वटा रुख काट्नुपर्ने अनुमान छ। अहिलेसम्म एमसीए-नेपालले आयोजनाको सिमांकनमा पर्ने रुख काट्ने अनुमति लिएको छैन।
प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि ठेक्का निकालिसकेको छ। यस्तै सडक पुर्वाधारका लागि त निर्माण कम्पनी छनोटको काम नै अघि बढेकाे छैन । यो बिचमा नेतृबिक्रम चन्द नेतृत्वको पार्टीले एमसिसीको बिरोध गरिरहेको छ । यी सबै जटिलता छिचोल्दै आगामी २०८५ भदौ १२ भित्र काम सक्नु चुनौतीपूर्ण नै छ । यदि समयमा काम सकिएन भने एमसिसी फिर्ता जाने छ र त्यसको आर्थिक भार समेत नेपालले नै ब्यहोर्नुपर्ने छ ।