देशकै प्रमुख भन्सार वीरगञ्ज नाकाबाट २० प्रतिशतले घट्यो वैदेशिक व्यापार
काठमाडौं, १४ भदौ । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशकि व्यापार २० प्रतिशतभन्दा बढीले खुम्चिएको छ । साउनमा यस वनाकाट ५० अर्ब ७७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत आर्थिक वर्षको सोही महीना ६३ अर्ब ७१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
गत महीना यस नाकाबाट ४८ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ भने २ अर्ब ४७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यस नाकाबाट साउनमा ४५ अर्ब ८१ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।
गत महीना वीरगञ्ज भन्सारको राजस्व ११ अर्ब ८६ करोड रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ७५.९६ प्रतिशत मात्र हो । साउनमा कार्यालयले १५ अर्ब ६२ करोड राजस्व संकलनको लक्ष्य पाएको थियो ।