Date

शुक्र, कार्तिक १६, २०८१
Fri, November 1, 2024

सिटिजन लाइफको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सिटिजन लाइफको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, १५ भदौ । सिटिजन लाइफ इन्स्योरेन्सले आज (भदौ १५ गते)देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा १० बजेपछि बैंकिङ समयपश्चात आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको थियो ।

कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रूपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ विक्री गरेको छ भने ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारण लगानीकर्ताहरूमा जारी भएको आईपीओको छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गतेसम्म बिक्रीमा रहने छ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको हुँदा यो कम्पनीको आईपीओ भदौ १९ गतेसम्म मात्र बिक्रीमा रहने देखिन्छ ।
लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । \

यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।
आर्थिक वर्ष ०७९/८० मा भने कम्पनीले ३ अर्ब ४१ करोड ७१ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्ष ०८०/८१ मा कम्पनीको सञ्चित नाफा ३ अर्ब २ करोड रुपैयाँ हुने प्रक्षेपण छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४९ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ४३ पैसा रहेको छ ।

कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा नेप्सेले पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसादेखि अधिकतम प्रतिकित्ता ५१७ रुपैयाँ २९ पैसासम्म तोक्ने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x