अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी तामाङलाई
काठमाडौं, २६ भदौ । गृह मन्त्रालयले १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङलाई पठाएको छव।
तामाङ यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थिए ।
यसअघिका महानिर्देशक झलकराम अधिकारी सुन तस्करीमा संलग्न दावा छिरिङसँग सम्पर्कमा रहेको खुलेपछि गृह मन्त्रालय तानेर उनलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।