हिमाल आरोहणका लागि २८४ जनाले लिए अनुमति
काठमाडौं, २७ भदौ । शरद् ऋतुमा हिमाल आरोहण गर्न २८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न ४८ देशका २८४ जनाले अनुमति लिएका हुन् । सेप्टेम्बर ८ (भदौ २२) सम्म सबैभन्दा धेरै चीनका आरोहीले अनुमति लिएका छन् ।
हालसम्म चीनबाट १८ महिला र ४९ पुरुष गरी ६७ जनाले अनुमति लिएका छन् । यस्तै, धेरै अनुमति लिने दोस्रो स्थानमा अमेरिका रहेको छ । हालसम्म सात महिला र २३ पुरुष गरेर ३० जना अमेरिकीले आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ ।
आरोहीहरूबाट हालसम्म तीन करोड चार लाख ६६ हजार ९३० रुपैयाँ रोयल्टी संकलन भएको छ । सबैभन्दा धेरै रोयल्टी मनास्लु हिमालबाट संकलन भएको छ । विभागका अनुसार मनास्लुबाट दुई अर्ब ९८ करोड ६५ लाख ३७५ हजार रुपैयाँ संकलन भएको छ ।