बजार अनुगमन तीब्र पार्नुपर्ने बेलामा वाणिज्य विभागको महानिर्देशक फेरियो
काठमाडौं, २६ भदौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागको महानिर्देश परिवर्तन भएको छ। विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरलाई हटाएर तीर्थ चिलुवाललाई पठाइएको छ ।
चिलुवाल यसअघि अख्तियारको इटहरी प्रमुख थिए । अर्थ मन्त्रालयका राजस्व समूहका अधिकृत चिलुवालसँग राजस्व अनुसन्धान विभाग, अर्थ मन्त्रालय लगायतमा काम गरेको अनुभव छ ।
चाडपर्व नजिकै गएकाले बजार अनुगमनलाई तीब्रता दिनुपर्ने अवस्थामा सरकारले विभागको महानिर्देशक सरुवा गरेको हो । यसले बजार अनुगमनलाई समेत प्रभावित पार्ने देखिन्छ ।