Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सहकारीका समस्या समाधान गर्न तीन तहका सुझाव, सम्पत्ति बेचेर सञ्चालकले बचत फिर्ता गर्नुपर्ने

सहकारीका समस्या समाधान गर्न तीन तहका सुझाव, सम्पत्ति बेचेर सञ्चालकले बचत फिर्ता गर्नुपर्ने

काठमाडौं, २७ भदौ । सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि तीन तहका सुझाव दिएको छ । अहिले सहकारीमा देखिएका समस्या समाधान गर्न कार्यदलले तत्कालिन, अल्पकालीन र दीर्घकालीन गरी तीन चरणका सुझाव प्रतिवेदन मार्फत दिएको छ ।

समस्यामा परेका सहकारीलाई सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने र त्यो ऋण बचत फिर्ता गर्न सहकारीले प्रयोग गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ । त्यस्तै समस्यामा परेका सहकारीका सञ्चालकले आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको बचत फिर्ता चैतसम्म गर्नुपर्ने छ । त्यसका लागि सरकारले सम्पत्ति रोक्का राखेर सञ्चालकलाई दबाब दिनु पर्ने प्रतिवेदनमार्फत सुझाव दिइएको कार्यदलका सदस्य तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले बताए ।

“नियामक निकाय, सहकारी संस्था, बचतकर्ता, सहकारी अभियन्ता लगायतसँग छलफल गरेर आगामी चैतभित्र बचतकर्ताको रकम फिर्ता गराउन सुझावसहितको प्रतिवेदन हामीले दिएका छौं,” उनले भने, “अत्पकाल, दीर्घकाल र तत्काल के–के गर्ने भनेर पनि हामीले स्पष्ट सुझाव दिएका छौं । यो सुझाव लागु भयो भने केही हदसम्म समाधान हुन्छ ।”

त्यस्तै कर्जा सुरक्षण कोषको व्यवस्था गर्न पनि सुझाव दिइएको उनले बताए । समस्यामा परेका सहकारीले स्वयतपत्र जारी गरेर बचतकर्तालाई चैतसम्म बचत फिर्ता गर्नपर्ने र यसका लागि राष्ट्रिय सहकारी बैंक तथा सरकारी बैंकको सहयोगमा सहुलियत ऋणको व्यवस्था गर्नु पर्ने सुझाव पनि दिइएको छ ।

गत वैशाख २६ गतेको मन्त्रिपरिषद्ले योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजगत्वमा कार्यदल गठन गरेको थियो । ४ महिनाको समय अवधि पाएको कार्यदलले तोकिएको सीमाभित्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x