Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

अफगानिस्तानका लागि चीनका नयाँ राजदूत शेङलाई तालिबानद्वारा भव्य स्वागत

अफगानिस्तानका लागि चीनका नयाँ राजदूत शेङलाई तालिबानद्वारा भव्य स्वागत

एजेन्सी ।  तालिवानले बुधबार काबुलको राष्ट्रपति भवनमा आयोजित भव्य समारोहमा अफगानिस्तानका लागि चीनको नयाँ राजदूत झाओ शेङलाई भव्य रूपमा स्वागत गरेको छ।

समारोहमा, तालिबान प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले झाओसँग हात मिलाए र नयाँ चिनियाँ राजदूतको ओहोदाको प्रमाणपत्र स्वीकार गरे प्रधानमन्त्री कार्यालयले ट्वीटरमा उल्लेख गरेको छ ।

इस्लामिक इमिरेट्सका प्रधानमन्त्रीले  झाओ शेङलाई राजदूतमा नियुक्त गरेकोमा चीनको नेतृत्वलाई धन्यवाद दिँदै उक्त नियुक्तिले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई उच्च स्तरमा उचाल्ने र नयाँ अध्यायको सुरुवात गर्ने तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

उक्त अवसरमा झाओले चीन-अफगानिस्तानको असल छिमेकी भएको र अफगानिस्तानको स्वतन्त्रता, क्षेत्रीय अखण्डता र निर्णय गर्ने स्वतन्त्रताको पूर्ण सम्मान गर्ने बताए। यस्तै उनले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नीति चीनसँग नभएको र आफ्नो प्रभावको क्षेत्र बनोस् भन्ने पनि नचाहेको सिएनएनले उल्लेख गरेको छ ।

तालिबान प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध राम्रो स्तरमा रहेको र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न थप कदम चाल्ने आशा व्यक्त गरेको बताए।

चीनको परराष्ट्र मन्त्रालयले भने अफगानिस्तानका लागि चिनियाँ राजदूतको सामान्य प्रकृया रहेको र यसले दुई देशहरू बीचको वार्ता र सहयोगलाई अगाडि बढाउने बताएको छ ।

मे महिनामा इस्लामाबादमा भएको तीन देशका विदेशमन्त्रीहरूको बैठकमा चीन, अफगानिस्तान र पाकिस्तानले सुरक्षा र आतंकवादविरुद्धको त्रिपक्षीय सम्बन्धलाई बलियो बनाउने वाचा गरेका थिए।

सन् २०२१ मा तालिबानले आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तानमा कूटनीतिक उपस्थिति कायम राखेका पाकिस्तान, इरान र रुस लगायतका केहि देशहरूमध्ये चीन पनि पर्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x