Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चाडपर्वले कर्जाको माग बढाउँदै, पछिल्लो २७ दिनमा ३४ अर्बको कर्जा लगानी,अर्थतन्त्र चलायमान होला?

चाडपर्वले कर्जाको माग बढाउँदै, पछिल्लो २७ दिनमा ३४ अर्बको कर्जा लगानी,अर्थतन्त्र चलायमान होला?

काठमाडौं, २९ भदौ । बैंक तथा वित्तीय संस्थाहरूमा क्रमशः कर्जाको माग बढ्न थालेको छ । दशैं, तिहार लगायत चाडवाड नजिँकिँदै गर्दा र आर्थिक क्रियाकलाप समेत बढ्दै जाँदा बैंकमा ऋणको माग पनि बढ्दै गएको हो ।

 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौमा मात्रै बैंक तथा वित्तीय संस्थाले ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि साउनमा बैंकहरूको ऋण लगानी उल्टो १७ अर्ब घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल ऋण लगानी ४८ खर्ब ५९ अर्ब रुपैयाँ रहेकोमा भदौ २७ गतेसम्म बढेर ४८ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । यसले कर्जाको माग बढ्दै गएको देखाउँछ ।

चाडवाड नजिँकिँदै गएकाले आगामी दिनमा थप कर्जा प्रवाह हुने र शिथिल अर्थतन्त्रमा केही आशाको सन्चार गराउने अर्थशास्त्री डा.दिलनाथ दङ्गाल बताउँछन ।

बजारमा छैन चहलपहल

कोभिडदेखि खुम्चिएको व्यापार यसपालि फस्टाउने व्यापारीको अपेक्षा थियो । तीजदेखि तिहार-छठसम्म मात्रै बर्षभरिको झण्डै ६० प्रतिशत व्यापार हुन्छ । तर तीज सुरु हुनै लाग्दा पनि बजारमा खासै रौनक छैन । तीज आउन अब केही दिनमात्रै बाँकी छ । तर अघिल्ला वर्षहरुमा यतिबेला काठमाडौंका न्यूरोड, असन, इन्द्रचोकका गल्लीमा हिडिनसक्नु भीड हुन्थ्यो । व्यापारीलाई भ्याइनभ्याई हुने यी दिन यस वर्ष भने खासै ब्यापार नभएको ब्यापारी बताउँछन् ।

राष्ट्र बैंकको नीति, बैंकको उच्च ब्याजदर, सहकारीमा आएको संकटको र महँगिको असर समग्र बजारमा परेको छ । निजी क्षेत्रको मनोबल बढाउने भने पनि सरकारले नीतिगत सुधार नगर्दा मुलुकमा आर्थिक संकट गहिरिन सक्ने देखिन्छ । यसले यो बर्षको सबै चाडपर्बको ब्यापारमा ५० देखि ६० प्रतिशतले कमि आउने स्वयम्  ब्यापारीहरुको अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x