Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

सानिमा बैंकको लाभांश घोषणा, नगदभन्दा बोनस बढी

सानिमा बैंकको लाभांश घोषणा, नगदभन्दा बोनस बढी

काठमाडौं, २९ भदौ। सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट कुल १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल यो बैंकको चुक्तापूँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँ रहेको छ । यो चुक्तापूँजीको आधारमा बैंकले लाभांश दिन लागेको हो । बैंकले यो वर्ष गत वर्षकोभन्दा बढी लाभांश दिने प्रस्ताव गरेको हो ।

गत वर्ष बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश गरी १०.९८ प्रतिशत लाभांश दिएको थियो ।

यो वर्षका लागि बिहीबार प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *