वाणिज्य बैंकले प्रकाशन गरे असोजको ब्याजदर, चार बैंकको स्थिर हुँदा कुन–कुन बैंकले बढाए ?
काठमाडौं, ३१ भदौ । हाल २० वटा वाणिज्य बैंक सञ्चालनमा छन् । यी बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । असोजका लागि निर्धारण गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले ब्याजदर बढाएका छन् । चार वटा बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।
ब्याजदर स्थिर राख्नेमा प्रभु, माछापुच्छ्रे, सिद्धार्थ र एनएमबि बैंक रहेका छन् । यी बैंकले भदौमा व्यक्तिगत मुद्दतीमा ९.९९ प्रतिशत ब्याज दिँदै आएकोमा असोजमा पनि सोही दरमा ब्याज दिने भएका छन् ।
ब्याजदर सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये सात वटाले ब्याजदर घटाएका छन् भने आठ वटाले भने बढाएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने साढे ९ प्रतिशतभन्दा कम ब्याज दिने भएका छन् ।
सबैभन्दा बढी ब्याजदर भने कृषि विकास बैंकको रहेको छ । यो बैंकले मुद्दति निक्षेपमा अधिकतम ११.८९६ प्रतिशत ब्याज दिने भएको छ । भदौमा यो बैंकले. १०.८९६ प्रतिशत ब्याज दिएको थियो । असोजका लागि यो बैंकले एक प्रतिशत विन्दु ब्याज बढाएको हो ।