सिटिजन्स इन्टरनेसनल बैंकले सेयरधनीलाई ५.७९ प्रतिशत लाभांश दिने
काठमाडाैं, ३१ भदाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.७९ प्रतिशत लाभांश स्वीकृत गरेको छ । बैंकको भदाै ३१ गते आइतबार बसेको संचालक समितिको ४२८ औं बैठकले शेयरधनीलाई २०७९–८० को मुनाफाबाट ५.७९ प्रतिशत लाभांश स्वीकृत गरेको हाे ।
भदाै ३१ गते आइतबार बिहान १०ः०० बजे बसेको संचालक समितिको ४२८ औं बैठकले शेयरधनीलाई आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट ५.७९ प्रतिशत लाभांश स्वीकृत गरेको हाे ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७९-८० को वितरण योग्य मुनाफाबाट २०८० आषाढ मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६ को ५.७९ प्रतिशतले हुने रु. ८२,२१,६१,६५२.९६ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।