Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेपालमै पहिलो पटक चौधरी ग्रुपकाे कुरिलोको स्वादमा सोल्टी चाउचाउ बजारमा

नेपालमै पहिलो पटक चौधरी ग्रुपकाे कुरिलोको स्वादमा सोल्टी चाउचाउ बजारमा

काठमाडाैं, २ असोज ।चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फुड्स नेपालले नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको छ । आफ्ना उत्पादनहरुको विस्तारलाई निरन्तरता दिदै सीजी फुड्सले पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको हाे ।

कुरिलोको स्वादमा उपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो रोजाइ बन्ने कम्पनीकाे विश्वास छ ।

बहुउपयोगी र स्वास्थका हिसावले उत्तम मानिने कुरिलोको स्वाद भएको यो चाउचाउको मसलामा डिहाइड्रेटेड भेजिटेवल्स जस्तै कुरिलोको टुक्रा, हरियो मटर र च्याउ मिसाइएको हुँदा सोल्टी कुरिलो अरु चाउचाउ भन्दा पृथक रहेको बताइएकाे छ ।कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो ।

आकर्षक प्याकेटमा उपलब्ध ७५ ग्रामको कुरिलो स्वादको सोल्टी इन्स्ट्यान्टनूडल्सको उपभोक्ता मूल्य रू २५ र ७० ग्रामको चिकेन स्वादको सोल्टी नूडल्सको उपभोक्ता मूल्य रू २० तोकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x