Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

​​सिटिजन्स बैंकको सत्रौँ वार्षिक साधारण सभा आश्विन २६ गते

​​सिटिजन्स बैंकको सत्रौँ वार्षिक साधारण सभा आश्विन २६ गते

आज बसेको सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार सिटिजन्स बैंकको सत्रौँ वार्षिक साधारण सभा २०८० साल आश्विन महिनाको २६ गते, शक्रबार (अक्टोबर १३, २०२३) का दिन बिहान ११ः०० बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौमा बस्ने भएको छ ।
बैंकका वित्तीय विवरणहरु माथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५.७९ प्रतिशतका दरले हुन आउने रु. ८२,२१,६१,६५२.९६ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने जस्ता विषयहरु साधारण सभाका प्रस्तावहरु रहेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा,
१४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट/क्रेडिट प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *