Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सुनको दैनिक आयात कोटा बढ्यो, वाणिज्य बैंकले २० केजी आयात गर्न पाउने

सुनको दैनिक आयात कोटा बढ्यो, वाणिज्य बैंकले २० केजी आयात गर्न पाउने

काठमाडौं, ५ असोज । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार दैनिक आयात १० केजीबाट बढाएर २० केजी आयात गर्न पाउने व्यवस्था गरिएको हो । यो व्यवस्था सम्बन्धी आज वा भोली सर्कुलर जारी हुने बताइएको छ ।

यसअघि वाणिज्य बैंकहरूले दैनिक १० केजी सुन आयात गर्न पाउने व्यवस्था थियो । “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको कोटा बढाउन पत्र लेखेको थियो,” स्रोतले भन्यो, “सोही अनुसार कोटा बढाउने निर्णय भएको छ । अब सर्कुलरमार्फत जानकारी दिइनेछ ।”

वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्थालाई राष्ट्र बैंकले २०७८ फागुन २२ गते एक परिपत्र जारी गरी दैनिक कोटा १० किलोमा झारेको थियो । त्यसयता नियमित वाणिज्य बैंकहरूले दैनिक १० केजी सुन आयात गरिरहेका थिए । तर, व्यवसायीहरूले भने नेपाली बजारमा दैनिक ३० देखि ४० केजीसम्म माग भएको दाबी गर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x