शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
शुक्रबार, १२ असोज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १३९रुपैयाँ ८९ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ९० पैसा र बिक्री दर १६२ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।