Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सातामा २५ अंकले घट्यो शेयर बजार, गत सातभन्दा कारोबार रकममा वृद्धि

सातामा २५ अंकले घट्यो शेयर बजार, गत सातभन्दा कारोबार रकममा वृद्धि

काठमाडौं, १३ असोज । यो साता चार दिन मात्र शेयर कारोबार भएको थियो । सातामा पाँच दिन शेयर कारोबार हुने भए पनि बिहीबार इन्द्रजात्राका कारण काठमाडौं उपत्यका बिदा थियो ।

चार कारोबार दिनमा तीन कारोबार दिन बजार घटेको छ भने एक कारोबार दिन बढेको छ । बजार यो साता ४३ अंकले घटेको छ भने १८.४५ अंकले बढेको छ ।

आइतबार १९.४२ अंकले घटेको बजार सोमबार ५.८९ अंकले घटेको थियो । तर, मंगलबार भने बजार १८.४५ अंक बढेको थियो । त्यस्तै बुधबार भने बजार १८.६० अंक घटेको थियो ।

यसरी सातागत रूपमा हेर्दा बजार समग्रमा २५.४६ अंक घटेको हो । गत सात भने बजार २२.७० अंकले बढेको थियो । गत साता पनि चार दिन नै शेयर कारोबार भएको थियो । उक्त साता बजार एक कारोबार दिन घटेको थियो भने तीन करोबार दिन बढेको थियो ।

बजार गत साता बढेको भए पनि कारोबार रकम भने यो सात बढेको छ । गत साता चार कारोबार दिनमा ७ अर्ब ३६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । यो सातामा भने ७ अर्ब ८० करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम ४३ करोड ११ लाख रुपैयाँले बढेको हो ।

गत सातको अन्तिम कारोबार दिनको तुलनामा कुल बजार पूँजीकरण भने यो साताको अन्तिम दिन घटेको छ । गत साताको अन्तिम करोबार दिन कुल बजार पूँजीकरण ३० खर्ब ७४ अर्ब १३ करोड रुपैयाँ थियो । यो साताको अन्तिम करोबार दिन भने घटेर ३० खर्ब ३८ अर्ब ६९ लाख रुपैयाँ कायम भएको छ । गत साताको तुलनामा बजार पूँजीकरण ३५ अर्ब ४४ करोड रुपैयाँले घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x