३३.२० अंकले घट्याे नेप्से, एक अर्ब ८३ करोडको कारोबार
काठमाडाैं, १४ असाेज । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेकाे छ । आज नेप्से परिसूचक ३३.२० अंकले घटेर एक हजार ९ सय ७१ दशमलब १० विन्दुमा बन्द भएको हो ।
आज २८५ धिताेपत्रकाे काराेबार हुँदा २२० वटा घटेका छन्, १० वटा बढेका छन् भने २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । त्यस्तै, आज एक अर्ब ८३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।