Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

वित्तीय क्षेत्रको अनुभवी नेतृत्व महालक्ष्मी विकास बैंकमा : श्वीनी कुमार ठाकुर स्वतन्त्र सञ्चालकमा नियुक्त

वित्तीय क्षेत्रको अनुभवी नेतृत्व महालक्ष्मी विकास बैंकमा : श्वीनी कुमार ठाकुर स्वतन्त्र सञ्चालकमा नियुक्त

काठमाडाैं, २९ असार । व्यापक वित्तीय प्रशासनिक अनुभव बोकेका वरिष्ठ व्यक्तित्व श्वीनी कुमार ठाकुर महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका छन्। बैंकको असार २० गते बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार ठाकुरले औपचारिक रूपमा पद बहाली गरेका हुन्।

ठाकुरले आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा पद ग्रहण गरेका हुन्। सो अवसरमा बैंकका सञ्चालक समिति सदस्यहरूले उनलाई फूलमालासहित स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

सुदृढ वित्तीय प्रशासनमा अनुभवले भरिपूर्ण नेतृत्व
ठाकुरसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको हैसियतमा काम गर्ने लामो अनुभव छ। त्यसबाहेक उनले राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

त्यसैगरी, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडजस्ता संस्थानको बोर्ड सदस्यको रूपमा समेत उनको सक्रिय भूमिका रहिसकेको छ।

बैंकको विश्वास : सुशासन र संस्थागत मजबुतीमा थप टेवा पुग्ने
महालक्ष्मी विकास बैंकले ठाकुरको अनुभवले संस्थागत सुशासन सुदृढ गर्न र रणनीतिक तहमा अझ प्रभावकारी निर्णय लिन सहयोग पुग्ने विश्वास लिएको छ। बैंकले जारी विज्ञप्तिमा भनिएको छ, “ठाकुरजस्तो अनुभवी नेतृत्वको आगमनले हामीलाई नयाँ उचाइमा पु¥याउनेछ।”

“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै, महालक्ष्मी विकास बैंकले देशभर १०३ शाखामार्फत ८ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *