एनआईसी एशिया बैंकको नयाँ शाखा सर्लाहीको कबिलासीमा
काठमाडौं, १ असार । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा कबिलासी नगरपालिका, वडा नं ८, सर्लाहीमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कबिलासी नगरपालिकाका मेयर किशोर यादवले गरेका हुन् ।
बैंकको हाल २२४ शाखा कार्यालयहरु, २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।