Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेपालमा विश्वकप फुटबलको रौनक, जर्सि देखि टेलिभिजन सम्मको ब्यापार फस्टायो

नेपालमा विश्वकप फुटबलको रौनक, जर्सि देखि टेलिभिजन सम्मको ब्यापार फस्टायो

मानमती पाण्डेय
काठमाडौं, १ असार । विश्वकप फुटबल सुरु भएसँगै नेपालमा पनि फुटबल पे्रमिहरु निकै उत्साहित बनेका छन । बिहिबार देखि सुरु भएको विश्वकपमा आयोजक राष्ट्र रुस र साउदी अरेविया विचको पहिलो खेल भएको थियो । प्रतियोगितामा ११० फिफा राष्ट्रहरुबाट छनौट भएका उत्कृष्ट ३२ टोलीहरु सहभागी छन् । यो रुसको विभिन्न १२ ठाँउमा हुनेछ । सन १९३० जुलाइमा उरुग्वेमा सुुरु भएको खेलको पहिलो उपाधी उरुग्वेले जितेको थियो । र, यो २९ औँ विश्वकप हो । फुटबलको महाकुम्भकै रुपमा लिईने विश्वकप हेर्न फुटबल पे्रमी बालबालिका देखी वृद्धहरुमा पनि यसको रौनक छाएको देखिन्छ । उनिहरु आफुले सर्मथन गर्ने देशको जर्सि लगाएर हिडेको भेटिन्छन् । खास गरि युवा जमातमा विश्वकपको रौनक अझ बढी छ ।

युवाहरुको विश्वकप गन्तव्य
अब फुटबल पे्रमीहरु घरको कोठामा बसेर सानो पर्दामा मात्र टिभि हेर्दैनन् । प्रविधीको विकाससँगै फुटबल हेर्नका लागी नेपाली ठुलाठुला ५ तारे होटेल र रेस्टुरेन्टहरुले विशेष अफर सहित ठुलो स्क्रिनमा खेल हेर्ने व्यवस्था मिलाएका छन । विश्वकप सुरु भएसँगै नेपाली ५ तारे होटेल देखि रेस्टुरेन्टहरुहरु बुकिङ भएका छन् । जस मध्ये पुलचोकमा रहेको जिजि मचानले विश्वकप हेर्न आउने ग्राहकहरुलाई प्ले कार्डमा विनिङ टिमको नाम भराइ जित्ने कस्टमरलाई फुड आइटममा १५ प्रतिशत डिस्काउन्ट, करेक्ट टिम र स्कोर भन्नेलाई ३० प्रतिशत डिस्काउन्ट र करेक्ट स्कोर र कसले कति स्कोर गर्छ भनेर जान्नेलाई लन्च कुपन को व्यवस्था गरिएको छ । ४ जनाको टिममा तथा सानो ग्लाडरले भेज फुड आइटमको रु. ८ सय ३०, ४ जना भन्दा बढि अर्थात ८ जना सम्मको टिम तथा ठुलो ग्लाडरले रु. ११ सय ८५छ भने ना–भेजमा सानो ग्लाडरलाई रु. ११ सय २५ देखी ठुलो ग्लाडरले १८ सय ९५ तिर्नु पर्ने छ ।

खेल हेर्ने ग्राहकहरुका लागी राम्रो साउन्ड क्वालीटिका सार्थ प्रोजेक्टर सिस्टमबाट हेर्ने व्यवस्था साथै ग्राहकको रुचि अनुसाार भेज र नन भेज खानाका परिकारहरुमा विशेष छुट दिइएको जिजि मचानका म्यानेजर रमन श्रेष्ठले बताए । उनले अहिले विश्वकपको के्रज निकै बढेको र विशेष गरी युवा वर्गहरु घरको सानो रुममा बसेर हेर्नु भन्दा साथीभाइहरुसँग ग्रुपमा बसेर हेर्न रुचाएको बताए । उनले ५० जना सम्म विश्वकप हेर्ने ग्राहक आउने अनुमान गरेको बताए ।

यसै गरि ¥याडिसन होटेलले आफ्ना रेगुलर कस्टमरहरुका लागि इन्टी« फ्रि राखेको छ । आफ्ना रेगुलर कस्टमरका लागी विश्वकप हेर्न स्क्रिनिङको व्यवस्था गरिए पनि फुड आइटममा भने कुनै छुट दिएको छैन । विश्वकप फुटबललाई विशेष बनाउन स्वदेशी तथा विदेशी खानाका परिकारका व्यवस्था गरिनुका साथै ग्राहकहरुका लागी फ्रि स्क्रिनिङको व्यवस्था गरिएको होटेलकी अनु पराजुलीले बताए ।

टेलिभिजनको व्यापार पनि फस्टायो

अर्काे तिर ठुलाठुला होटेल तथा रेस्टुरेन्टको विल तिर्नु भन्दा घरमै बसेर परिवारसँग विश्वकप हेर्नको जमात पनि ठुलै छ । विश्वकप सुरु भए सँगै खेल हेर्न नयाँ टेलीभिजन सेट र प्रोजेक्टरहरुको पनि खरिद विक्रिमा वृद्धि आएको छ । विश्वकपकै अवसर पारी सिमीत अवधी भर मात्र लागु हुने गरी एलजी कम्पनिले टेली भिजन सेट हरुमा ३१ प्रतिशत सम्मको छुट दिएको युनिवल्ड किचेन तथा एप्लाइनका सराज चापागाइले बताए । उनले २० देखी ६५ इन्च सम्मका टेलिभिजन सेटहरुमध्ये अहिले बजारमा ४३, ४९ र ५५ इन्चका टेलिभिजन सेटको माग बढेको बताए । उनले अहिले बजारमा सोनि, स्यामसुम, एल्जी कम्पनीका टेलिभिजन सेट रुचाइएको बताए । उनले अहिले दैनिक जसो १० टलिभिजन सेटहरु बिक्रि भइरहेको बताए ।

स्टार इलेक्ट्रोनिक्स मैतिदेविका सुमन लामाले विश्वकप नजिकिएसँगै टेलिभिजन सेट र प्रोजेक्टरहरुको विक्रि वितरण बढेको बताए । उनको पसलमा अहिले १७ हजार देखी ९० हजार सम्मका टेलिभिजन सेटहरु छन । ग्राहकहरु टिभी सँगसँगै कन्ट्रयाक्ट बेसमा प्रोजेक्रहरु पनि लैजाने गरेको बताए । उनले दैनिक १० देखी १२ सम्म टेलिभिजन सेटहरु विक्रि हुने गरेको बताए । उनले भने ‘अन्य समय भन्दा तुलनात्मक रुपमा अहिने टेलिभिजन सेट र प्रोजेक्टरहरुको माग बढेको छ । ’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x