Date

शुक्र, साउन २, २०८२
Fri, July 18, 2025

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको क्याप हटायाे

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको क्याप हटायाे

काठमाडौं, १८ असोज । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको क्याप वृद्धि गरेको छ। नेपाल राष्ट्र बैंकले आज सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरेको छ ।

यस्तै व्यक्तिगत रुपमा यस्तो कर्जा लिँदा सीमा १५ करोड रुपैयाँ पर्‍याइएको छ।

शेयर धितो राखेर व्यक्तिगत कारोबारीले समग्र बैंकिङ प्रणालीबाट १५ करोड रुपैयाँसम्म कर्जा लिन पाउने छन्। त्यसैगरी संस्थागत लगानीकर्ताको हकमा यो सीमा २० करोड कायम गरिएको हो। यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोडको सीमा थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *