Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

दशैं मेला तथा रनवे कार्यक्रम आयोजना गर्दै फाइब्रो नेपाल

दशैं मेला तथा रनवे कार्यक्रम आयोजना गर्दै फाइब्रो नेपाल

काठमाडाैं, १८ असाेज । फाइब्रो नेपालले तथा एलिभेट २०२३ को संयुक्त आयोजनामा एलिभेट २०२३ नामक दसैँ मेला तथा रनवे कार्यक्रमको आयोजना गर्ने भएको छ ।उक्त कार्यक्रम शनिबार बिहान ११ बजेदेखि साझ ६ बजेसम्म ठमेल स्थित छाया देवी कम्प्लेक्समा आयोजना हुने भएकाे हाे ।

कार्यक्रममा नेपाली स्टार्टप तथा फेसन क्षेत्रमा हाल सक्रिय रहेका कम्पनी, संस्था, उद्यमी तथा सर्वसाधारणको उपस्थिती रहनेछ। एलिभेट २०२३ ले सहभागीहरूलाई सम्भावित ग्राहकहरू र साझेदारहरूसँग प्रत्यक्ष सम्पर्क गर्न र उनीहरूसँग कुराकानी गर्न मञ्च प्रदान गर्नेछ ।

यसका साथै एलिभेट २०२३ सहभागीहरूलाई आफ्ना उत्पादन तथा सेवाहरु बारे जानकारी दिन र प्रचारप्रसार गर्नका लागि एक उत्तम अवसर हुनेछ ।

यस कार्यक्रममा नेपाली उत्पादनहरुको रनवे, सामान बिक्रिका लागि स्टल, सांगीतिक प्रस्तुति तथा उपहारहरु को व्यवस्था गरिएको छ। कार्यक्रममा  Plus Size Nepal – Co-organizer, Aloft Kathmandu – Hospitality Partner, E-sewa – Online Payment Partner, Techspire College – Knowledge Partner, Makeup Durbar – Makeup Partner, Foodmandu – Online Food Delivery Partner, TVS NTORQ – Two Wheeler Partner, GYCO Consultants- Study Abroad Partner का रूपमा रहेका छन्।

Nepal Airlines, Namuna College of Fashion Technology, Entrepreneurs Nepal, Abhyani Productions, Artseum Productions, Yeti Vodka, Apogee, Nostalgic 3, Busy Bee, Nepalese Concern सहयोगी संस्थाका का रुपमा यस कार्यक्रम मा जोडिएका छन्। कार्यक्रममा नेपालि फेसन जगत का चर्चित ब्राण्डहरु KADE, Tsabinz, New Mew, CLA, Epic Bags, HattiHatti Nepal, EPPXY, DJ Collection आदिको पनि सहभागिता रहनेछ । सहयोगी संस्थाका का रुपमा यस कार्यक्रम मा जोडिएका छन्।

कार्यक्रममा ३० बढी कम्पनीको स्ट्ल तथा लगभग २५०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x